अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद थप

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद थप


काठमाडौं – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपिएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको म्याद तीन महिना थपेर असोज मसान्तसम्म बनाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठक बस्नुअघि शुक्रबारै सत्ता गठबन्धनको बैठक बसेको थियो। सोही बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीको  म्याद थपका लागि ऐन संशोधन गर्ने सहमति जुटाएको थियो।