अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ घण्टामा २२९ जनामा कोरोना संक्रमण

२४ घण्टामा २२९ जनामा कोरोना संक्रमण


काठमाडौ- पछिल्लो २४ घण्टामा देशभर २२९ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीनहजार ७१८ वटा नमुना परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार २८४ पुगेको छ ।

आज ८७ हजार ९७२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।