अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको भूराजनीतिक अवस्थाको बहस गर्न अध्यक्ष ओली देखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा

नेपालको भूराजनीतिक अवस्थाको बहस गर्न अध्यक्ष ओली देखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा


काठमाडौ- नेपाल एक चीन नीतिबाट विचलित भएको टिप्पणी भइरहेका बेला नेपाल चीन हिमालयन मैत्री समाजले भूराजनीतिक अवस्थाका बारेमा शीर्ष नेताहरुलाई एकै स्थानमा उभ्याएर बहश गर्न लागेको छ ।
समाजले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख बक्ता बनाएर अन्य दलका शीर्ष नेतालाइृ आमन्त्रण गरेको हो । सो कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवले भूराजनीतिक अवस्था र नेपालले लिएको पछिल्लो नीतिका बारेमा धारणा राख्ने आयोजक संस्थाले जनाएको छ ।
यस्तै कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेस नेता चन्द्र भण्डारी पनि वक्ता हुनुहुन्छ । कार्यक्रममा भूराजनीतिक अध्येता तथा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयका प्राध्यापक डा दिनेश पौडेलले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । चिनियाँ प्रतिनिधिमण्डल स्वदेश फर्किएलगत्तै समाजले सभागृहमा बृहत कार्यक्रम गर्न लागेको हो ।