अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमौली स्थित सेती नदीमा आज पानीको वहाव बढ्न सक्ने,सर्तकर्ता अपनाउनु आग्रह

दमौली स्थित सेती नदीमा आज पानीको वहाव बढ्न सक्ने,सर्तकर्ता अपनाउनु आग्रह


काठमाडौ -सेती नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार दमौलीस्थित सेतीमा बहाव उल्लेख्य बढ्नेछ ।

देशका अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ । आज दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बहने केही साना नदीहरूमा बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।

यही साउन ३ को रातिदेखि ५ गतेसम्म भने देशभरका नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही साना नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने भएकाले उक्त अवधिमा नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।