अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ को नाम टुंगो लगाउन सभामुख भण्डारीद्वारा सर्वपक्षीय बैठक आह्वान

प्रदेश-१ को नाम टुंगो लगाउन सभामुख भण्डारीद्वारा सर्वपक्षीय बैठक आह्वान


विराटनगर – प्रदेश–१ को नामबारे छलफल गर्न प्रदेश १ का सभामुख प्रदीप भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको हो ।

दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् ।

एमालेले प्रदेशको नाम कोसी राख्नका लागि छलफलमा प्रस्ताव राखेको छ। यसैगरी नेपाली कांग्रेस संसदीय दलले सप्तकोसी छलफलमा लगेको छ। यस्तै माओवादीले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने बताउँदै आएको छ।  

Skip This