अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विचार मिल्ने दलसँग सहकार्य हुन्छ : महासचिव पोखरेल

विचार मिल्ने दलसँग सहकार्य हुन्छ : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताउनुभएको छ।

एमाले प्रचार तथा प्रकाशन विभागले आज यहाँ अनलाइनका सम्पादकसँग गरेको अन्तक्र्रियामा उहाँले आगामी निर्वाचनमा विभिन्न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताउनुभयो ।

“मुख्यतः एमालेको नीतिसँग मेल खाने दलसँग हामी आगामी निर्वाचनमा सहकार्य गर्ने छौँ”, महासचिव पोखरेलले भन्नुभयो, “एमालेले जसलाई मित्र ठान्यो उसैसँग सहकार्य हुन्छ ।” उहाँले पार्टी फुटे पनि त्यसको असर नगन्यरुपमा देखिएको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बने आफूहरू एक्लै निर्वाचनमा होमिएर विजय प्राप्त गर्ने भनाइ राख्नुभयो ।

महासचिव पोखरेलले मुलुकमा जति धेरै पार्टी भयो त्यति नै मुलुक अस्थिर हुने र वैदेशिक हस्तक्षेप बढ्ने बताउनुभयो । उहाँले मुलुक निर्माणका लागि बलियो राजनीतिक शक्ति आवश्यक रहेको र त्यो दिशामा एमाले अगाडि बढ्ने बताउनुभयो । महासचिव पोखरेलले मुलुकमा पुरानो नेतृत्वलाई विस्थापित गर्न सके पनि नयाँ नेतृत्व र वर्गलाई स्थापित गर्न नसकेको बताउनुभयो ।

उहाँले २०६२/६३ को जनआन्दोलनले सबै समस्यालाई समाधान गर्छ भन्ने लागेको भए पनि त्यो पूरा नभएको स्पष्ट पार्नुभयो । एमालेका उपमहासचिव पृथ्वीसुब्वा गुरुङले पार्टी र सम्पादकसँग खाडल पुर्न तथा पार्टीले सुधार्नुपर्ने कुराको सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।