अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारका कारणले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेका हौं : दुर्गा प्रसाईं

वर्तमान सरकारका कारणले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेका हौं : दुर्गा प्रसाईं


काठमाडौँ – निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले वर्तमान सरकारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएका छन् ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै निजी मेडिकल कलेज तथा अस्पतालहरुले सूचना जारी गर्दै उपलव्ध हुँदै आएको स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको बताएको छ ।

आज काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी विराट मेडिकल कलेज तथा काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनील शर्मा, विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्की र बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बीमा कार्यक्रम स्थगित हुनुमा जवाफदेही सरकार रहेको बताए ।

बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंले भन्नुभयो, ‘वर्तमान सरकारले गत जेठ १५ मा प्रस्तुत गरेको बजेट वतव्यको १५१ नम्बर बुँदामा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालमा मात्रै सञ्चालन गर्ने भनिएको छ । डेढ महीनापछि पनि हामीलाई कुनै निर्देशन आएन । हामी आफैले जानकारी लिन खोज्दा पनि हामीलाई कुनै जानकारी दिएन। त्यसैले हामीले बीमा कार्यक्रम रोकेका हौँ । सरकारी अस्पतालले यो कार्यक्रम धान्न सक्दैन, त्यसको प्रत्यक्ष हानी जनतालाई पर्छ ।’

नोवेल मेडिकल कलेजका सञ्चालक शर्माले आफूलाई फाइदा नहुँदा नहुँदै पनि राज्यको कार्यक्रम सञ्चालन गरिदिएको दाबी गर्नुहुँदै निजी क्षेत्र जनताप्रति उत्तरदायी हुँदा राज्य नभएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘आम सर्वसाधारणले बिमा कार्यक्रम हामीले रोकेको हो कि भन्ने बुझाइ भएको छ । तर त्यसो होइन सरकारले नै हामीलाई चलाउन नदिने भनेपछि हामीले सूचना जारी गरेका हौँ । यो कुरा स्पष्ट हुन जरुरी छ ।’

विराट मेडिकल कलेजका सञ्चालक डा.कार्कीले पनि राज्यको नीति अनुसार नै आफूहरुले कार्यक्रम स्थगित गरेको बताउनु भयो।

सञ्चालकहरुले पुरानो बक्यौँता रकमको सोधभर्ना गरेर आग्रह गरेमा आफूले सो सेवालाई पुन निरन्तरता दिन सकिने बताउनु भयो । बीएण्डसीले आफूहरुको ५४ करोड बढी र नोवेलले ६२ करोड बढी रकम बीमा बोर्डमा रोकिएको समेत दाबी गर्नुभयो ।

Skip This