अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीद्वारा नवनिर्वाचित भारतीय राष्ट्रपतिलाई बधाई

राष्ट्रपति भण्डारीद्वारा नवनिर्वाचित भारतीय राष्ट्रपतिलाई बधाई


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई बधाई दिनुभएको छ ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले बधाई दिँदै मुर्मुको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु’ राष्ट्रपति भण्डारीले लेख

लेख्नुभएको छ, ‘यहाँको कार्यकालमा हाम्रा दुई देश बीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्‍वास व्यक्त गर्दछु।’