अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रदेश १ मा आगामी निर्वाचनको तयारी : १४ वटै जिल्लामा कार्यकर्तालाई प्रशिक्षण

एमाले प्रदेश १ मा आगामी निर्वाचनको तयारी : १४ वटै जिल्लामा कार्यकर्तालाई प्रशिक्षण


विराटनगर- नेकपा एमाले प्रदेश १ कमिटीले निर्वाचलाई लक्षित गरेर साउन २२ देखि २८ गतेसम्म जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीको साउन ३ गते बसेको बैठकले केन्द्रीय र प्रदेश स्तरीय नेताहरुको उपस्थितीमा १४ वटै जिल्लामा आगामी निर्वाचनलाई लक्षित गरेर कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम तय गरेको हो ।
अध्यक्ष तुलसी नेउपानेले जारी गरेको अन्तर कमिटी निर्देशन अनुसार प्रशिक्षणमा नौ तहका कार्यकर्ता सहभागी हुन पाउनेछन् । जसमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यह, जनसंगठनका प्रदेश पदाधिकारी सहित सदस्य र जिल्ला पदाधिकारी, पालिकाकमिटीका पदाधिकारी, पालिकाका मेयर\उपमेयर, अध्यक्ष\उपाध्यहरु, जिससका सदस्यहरु प्रशिक्षणमा सहभागी हुनेछन् । यसैगरी पालिका कमिटीका पार्टी स्कुल विभागका प्रमुख र सदस्य, पालिका कमिटीका संगठन विभागका प्रमुख, वडा पार्टी कमिटीका अध्यक्ष, निर्वाचित वडा अध्यक्ष र पार्टी जिल्ला कमिटीले निर्धारण गरेअनुसार नेता कार्यकर्ता पनि प्रशिक्षणमा सहभागी हुनेछन् ।
प्रशिक्षण कुन जिल्लामा कहिले ?
एमाले प्रदेश कमिटी सचिव चिन्तन पाठकका अनुसार झापामा साउन २२,मोरङ,इलाम र संखुवासभामा साउन २३ सुनसरी,पाँचथर र भोजपुरमा साउन २४ ,धनकुटा ताप्लेजुङ र खोटाङमा साउन २५ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । त्यसै गरी ओखलढुंगा र तेह्रथुममा साउन २६ मा सोलुखुम्बु साउन २७ र उदयपुरमा साउन २८ गते प्रशिक्षण कार्यक्रम भएर यो अभियान समापन हुनेछ ।
प्रशिक्षण के के विषयमा हुन्छ ?
अन्तर कमिटी निर्देशनमा उल्लेख भए अनुसार प्रशिक्षणमा विभिन्न ६ वटा विषयमा कार्यकर्तालाई प्रशिक्षण दिने एमालेको तयारी छ । जसमा स्थानीय निर्वाचनका सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारी, वर्तमान राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य विस्तार र राष्ट्रको मुख्य शक्तिका रुपमा नेकपा एमालेकोे भुमिका अभिवृद्धि , पार्टी र जनप्रतिनिधिहरुको अन्तरसम्वन्ध, समन्वय र स्थानीय तहवाटै समाजवादका आधार तयार गर्न पार्टीले खेल्नुपर्ने भुमिका आदिका बारेमा पार्टीमा प्रशिक्षण दिइने छ । यसैगरी पार्टीपंक्तीलाई अनुसाशित, जनशैलियुक्त र आर्थिक रुपमा स्वस्थ एवं व्यवस्थित वनाउने विषय, महंगी लगायतका जनसरोकारका विषयमा आन्दोलन उठाउन र यसमा पार्टी कमिटी तथा जनसंगठनहरुको परिचालन सम्बन्धी विषय र प्राकृतिक विपत्ति र विपद् व्यवस्थापनमा पार्टीको स्वंसेवी संरचनालाई तयारी अवस्थामा राख्न निर्देशित गर्ने विषयमा पनि कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।
प्रशिक्षणमा केन्द्रीय सचिव योगेश भट्टराई,स्थायी कमिटी सदस्यहरु देवराज घिमिरे,गुरु बराल,भानुभक्त ढकाल,हिक्मत कार्की,अग्नी खरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित र प्रदेश स्तरका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश कमिटी सचिव चिन्तन पाठकले जानकारी दिनुभयो ।