अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिने

प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिने


काठमाडौं- आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ । प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ । आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता ,पहिलो संशोधन विधेयक, २०७९ रहेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता, पहिलो संशोधन विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । आजको बैठकमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।