सर्खेत -नेकपा एमाले कर्णाली प्रदेश कमिटीको कार्यालय आज एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको छ ।
वीरेन्द्रनगर नगरपालिका( ८ मा भाडामा सञ्चालनमा ल्याइएको उक्त कार्यालय उदघाटन गरिएको हो । आजै वीरेन्द्रनगरमा बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको छ ।
महासचिव पोखरेल आज दिनभर उक्त बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
आजको कार्यक्रममा विवेकशिल साझा लगायतका पार्टी परित्याग गरेर ठूलो संख्यामा एमालेमा नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया