अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालले पद नपाएको कुण्ठाकै कारण पार्टी फुटाएको हो : महासचिव पोखरेल

माधव नेपालले पद नपाएको कुण्ठाकै कारण पार्टी फुटाएको हो : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई खलनायकको संज्ञा दिनुभएको छ।  

एमाले चितवन जिल्ला कमिटीद्वारा आज आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले यस्तो बताउनु भएको हो ।

महासचिव पोखरेलले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एमसीसी टेबल गर्न लगाएर उनीहरुले नै हात उठाएर पारित गरेको पनि उल्लेख गर्नुभयो।

पोखरेलले नेकपा जीवित हुँदा राष्ट्रघात भएको एमसीसी शेरबहादुर देउवाका पालामा प्रचण्ड-नेपालका लागि सही हुन पुगेको भन्दै कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा हुँदा त्यही विषय राष्ट्रघात भयो । तर शेरबहादुरको पालामा त्यही कुरा सही भयो।’

महासचिव पोखरेलले नेकपा विभाजन माधव नेपालको कुण्ठाका कारण हुन पुगेको बताउनु भयो । विधि र पद्धति भन्ने माधव नेपालले पद नपाएको कुण्ठाकै कारण पार्टी फुटाएको पनि उहाँले बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘विधि, पद्धति र अनुशासनका मामिलामा माधव नेपाल खरो हुनुहुन्थ्यो भन्ने लाग्थ्यो। यो मामिलामा उहाँको छवि बलियो थियो भन्ने लाग्थ्यो । तर संसदीय राजनीतिमा ह्विप उलंघन गर्ने कुरा सबैभन्दा ठूलो अपराध हो। अहिले सबैभन्दा धेरै संसदीय ह्विप उलंघन गर्ने को हो भन्दा माधव नेपालको नाम आउँछ।’

उहाँले यतिखेर माधव नेपाल खलनायक सावित भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाललाई हामीले विधि र पद्धतिको नायक ठान्यौँ। उहाँनै आज विधि र पद्धतिको उलंघन गर्ने खलनायक हुनुभयो। पार्टी एकता बचाउने मानिस भनियो, नेता मानियो तर उहाँले पार्टी फुटाउनुभयो ।’

Skip This