अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने प्रयासमा छौं : प्रचण्ड

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने प्रयासमा छौं : प्रचण्ड


काठमाडौ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा मतदानको अधिकार दिलाउने प्रयास भइरहेको बताउनुभएको छ ।
जापानको फुकुओकामा आयोजित नेपाली फेस्टिभल समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न कानूनमा संशोधनका प्रयास भइरहेको बताउनुभयो ।

उनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने नागरिकता विधेयक पारित गरेर त्यसको सुरुवात भएको बताउनुभयो । उहाँले अब आसन्न निर्वाचनपछि गठबन्धनले बहुमतसहित जितेर स्थिर सरकार दिने दावी गर्नुभयो ।