अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीबन्दीको विवरण सार्वजनिक

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीबन्दीको विवरण सार्वजनिक


सुर्खेत -जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका ८ जना कैदीबन्दीको नाम, तस्बिर र विवरण सार्वजनिक गरेको छ ।

शनिबार बिहान कारागारमा सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि जिल्लाभरका प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रहरीले फरार कैदीबन्दीको तस्बिरसहित व्यक्तिगत विवरण सार्वजनिक गर्दै उनीहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ । साथै, फरार कैदीबन्दीबारे कुनै जानकारी प्राप्त भए प्रहरीलाई खबर गर्नसमेत आग्रह गरिएको छ ।कारागार कार्यालयबाट भागी फरार रहेका कैदीबन्दी तथा थुनुवाहरुको विवरणः