अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा


काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ ।

दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा गरेको हो । राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्वीकार गरेको छ । लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।

जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । संघ र प्रदेशको चुनावमा राष्ट्रिय एकता पार्टी नेपाललाई समुचित स्थान दिइनुको साथै राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमकुमारलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश १ को इन्चार्जको समेत जिम्मेवारी दिएको सम्झौतापत्रमा उल्लेख छ ।