काठमाडौं-नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १७५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै एकै दिनमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।



प्रतिक्रिया