काठमाडौं-पहिरोका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु भएको छ। शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण राजधानी काठमाडौं आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ। सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानैदेखि राजमार्गमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–७ स्थित गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो पन्छाउन थालिएको प्रहरीले जनाएको छ। वर्षा रोकिएपछि सडक खुलाउने काम सुरु गरिएको हो।
कान्ति लोकपथ पनि अवरुद्ध
यसैबीच, बाढीपहिरोका कारण कान्ति लोकपथसमेत अवरुद्ध भएको छ। ललितपुर र मकवानपुर खण्डमा सडक अवरुद्ध भएको हो।
ललितपुरको बागमती गाउँपालिका–३ स्थित पान्दु र टार्कुचेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
आवश्यक स्थानमा पहिरो पन्छाउने काम भइरहेको भए पनि दुवै सडकमा यातायात सञ्चालन हुन सकेको छैन।



प्रतिक्रिया