अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसमको खराबीले अध्यक्ष ओली गौरको कार्यक्रममा पुग्न ढिलाइ

मौसमको खराबीले अध्यक्ष ओली गौरको कार्यक्रममा पुग्न ढिलाइ


गौर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बृहत्त पार्टी प्रवेश कार्यक्रमका लागि १ बजे रौतहटको गौर पुग्ने भनिएकोमा मौसम खराबीको कारणले केहीबेर अघि मात्र पुग्नु भएको छ ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य मनिशंकर निधीका अनुसार खराब मौसमका कारण सिमरामा करिब ३ घण्टा होल्ड गरेर १५ मिनेट अगाडी अध्यक्ष ओली गौरमा अवरतण गर्नुभएको हो ।
वर्षा भएका कारण कार्यक्रममा सहभागीताका लागि आएका तितरबितर भए पनि अहिले वर्षा केही रोकिएकोले फेरी जम्मा हुने क्रममा छन् । अध्यक्ष ओली अहिले विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गरेकाहरुलाई फूलमाला लगाइदिदै हुनुहुन्छ ।

कार्यक्रम गौरको ब्यारेक फिल्डमा भइरहेको छ ।