अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

खराब मौसमका बाबजुत पनि अध्यक्ष ओली गौरमा,लोसपाका दुई केन्द्रीय सदस्य सहित एस,माओवादी र काँग्रेसका नेता कार्यकर्ता एमाले प्रवेशको लाइनमा

खराब मौसमका बाबजुत पनि अध्यक्ष ओली गौरमा,लोसपाका दुई केन्द्रीय सदस्य सहित एस,माओवादी र काँग्रेसका नेता कार्यकर्ता एमाले प्रवेशको लाइनमा


गौर- रौतहटमा लोकतान्त्रिक समाजवादी पार्टीका दुईजना केन्द्रीय सदस्य सहित हजारौं मानिसहरु अन्य पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरिरहेका छन् ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य मनिशंकर निधीका अनुसार लोसपाका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता,अर्का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्दन साहलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराइसक्नु भएको छ ।
निधीका अनुसार नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाइ नगरपालिकाकी पूर्व उपमेयर सुभद्रा गुप्ता पनि एमालेमा प्रवेश गर्नुभएको छ । झरीको कारणले समयमा कार्यक्रम सुरु हुन नपाए पनि अहिले पार्टी प्रवेशका लागि लाइनमा बसेका हजारौंलाई अध्यक्ष ओली सचिव रघुबीर महासेठ र स्थायी कमिटी सदस्य प्रभू साहले अविर लगाएर एमालेमा स्वागत गरिरहनु भएको छ ।