अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तराइ मधेसको डुबान समस्या समाधानका लागि गठबन्धनको सरकारले केही गर्न सकेन : अध्यक्ष ओली

तराइ मधेसको डुबान समस्या समाधानका लागि गठबन्धनको सरकारले केही गर्न सकेन : अध्यक्ष ओली


​​​​​​​​​​​​​​रौतहट – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तराइ-मधेसमा हुने डुबान समस्या समाधानका लागि गठबन्धनको सरकारले केही गर्न नसकेको बताउनुभएको छ ।

रौतहटको गौरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले आफूले भारतसँग कुरा गरेपछि दुई देशको संयुक्त टोलीले निरीक्षण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गौरको डुबानको समस्या मैले देखेको छु, यहाँको समस्या समाधानका लागि मैले भारतका प्रधानमन्त्रीसँग वार्ता गरेको छु, दुई देशको संयुक्त टोलीले यहाँ निरीक्षण गरेको छ ।’

‘कैलालीमा डुबानमा छ, गौरमा डुबान छ, अरु विभिन्न ठाउँमा डुबान छ,’ ओलीले भन्नुभयो, ‘त्यो डुबानको समस्या समाधान हुनैपर्छ, पानीलाई स्वतन्त्र रुपमा बग्न दिनुपर्छ भनेर मैले भारतसँग कुरा गरेको छु, अहिलेको सरकारको त केही क्षमता रहेनछ ।’

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा रौतहटको विकासको लागि छनौट गरिएका सयौं योजनाहरू अहिलेको गठबन्धन सरकारले हटाउने काम गरेको, अहिलेको सरकार विकास विरोधी हुनुका साथै भ्रष्टाचारमा डुबेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सीमा क्षेत्रमा भारतले जमिन उकासेर पक्की सडक बनाएकै कारण पानीको निकास बन्द भएर सीमा क्षेत्रमा रहेका नेपालको भूमि बर्सेनी डुबानमा पर्ने गरेको छ ।’