अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘पार्टीकी आमा’ इन्दिरा चापागाईंको निधन

‘पार्टीकी आमा’ इन्दिरा चापागाईंको निधन


दमक- ‘पार्टीकी आमा’ भनेर चिनिनु हुने दमक नगरपालिका ५ निवासी पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य इन्दिरा चापागाईंको आज साँझ मृत्यू भएको छ ।
दमक र मुटुकी रोगी ८७ वर्षीय चापागाईं साँझ सवा ७ बजेतिर निवासमै अकस्मात निधन भएको नाती डा.नविन चापागाईंले जानकारी दिनुभयो ।
भूमिगत कालमा पार्टीका नेताहरुलाई आश्रय दिनुभएकी चापागाईंलाई सबैले आमा भन्ने गरेका थिए । उहाँलाई पार्टीकी आमा उपनामले पनि चिनिन्छ । पञ्चायतकालका २० वर्षसम्म चापागाईं अनेम संघ दमक नगर कमिटीकी अध्यक्ष हुनुहुन्थ्यो । हाल ज्येष्ठ कम्यूनिष्ट मञ्चकी सदस्य र केन्द्रीय सल्लाहकार परिषद सदस्य हुनुहुन्थ्यो ।
पार्टीलाई गरेको योगदानको कदर गर्दै चापागाईंलाई नेपाल सरकारले २०७७ सालमा सुप्रवल जनसेवा श्री पदक प्रदान गरेको थियो । चापागाईंका श्रीमान मोहनलाई २०१५ सालमा कम्यूनिष्ट पार्टीमा लागेको भनेर इलामकका प्रहरीले कुटेर हत्या गरेको थियो । त्यसपछि इन्दिरा कम्यूनिष्ट पार्टीमा सक्रिय हुनुभएको उहाँका नाती डा.नविन चापागाईंले बताउनुभयो ।
भूमिगत कालमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत समकालिन नेताहरु चापागाईंको तत्कालिन दमक १५ स्थित घरमा सेल्टर बस्ने गरेका थिए । अध्यक्ष ओली झापा गएको बेला चापागाईंलाई भेटघाट गरेर मात्र फर्कने गर्नुभएको थियो ।