अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपचार अभावमा दुबईमा अलपत्र परेकी जानकीको प्रसाईद्वारा उद्धार,उपचार नि:शुल्क गरिदिने

उपचार अभावमा दुबईमा अलपत्र परेकी जानकीको प्रसाईद्वारा उद्धार,उपचार नि:शुल्क गरिदिने


काठमाडौं- पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा दुबईमा सडक दुर्घटनामा परी घाइतेभएर कोमामा अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गरिएको छ । घाइते अवस्थामा रहेकी जानकी थापा मगरको थप उपचार वि एण्ड सि अस्पतालले उपचार गरिदिने प्रतिवद्धता प्रसाईंले व्यक्त गर्नुभएको छ ।

रोजगारीको सिलसिलामा दुबई पुगी सडक दुर्घटनामा घाइते भई अलपत्र परेकी कैलालीकी ४२ वर्षीया जानकी थापा मगरको प्रसाईंको पहलमा आज उद्धार गरिएको हो । प्रसाईंले निजी खर्चमा थापाको उद्धार गर्नुभएको हो । रोजगारीको सिलसिलामा विदेश पुगी मृत्युवरण गरी वेशारिशे अवस्थामा रहेका नेपालीका शवलाई नेपाल ल्याएर क प्रसाईँले परिवारको जिम्मा लगाइरहनु भएको छ । यस अघि सुर्खेत घर भइ दुबइमा रोजगारीका लागि गएर मृत्यू भएकी एक युवतीको शब प्रसाईंले नै ल्याएर परिवारको जिम्मा लगाउनु भएको थियो ।


पारिवारिक स्रोतका अनुसार थापामगरलाई दुबईको सडकमा स्कुल बसले ठक्कर दिएको थियो । दुर्घटनामा गंभिर घाइते भएकी थापामगरको खुट्टा चल्दैनन् भने कम्मरमा पनि पाँच सात ठाउँ भाँचिएको छ । दुर्घटनापछि अत्यधिक रक्तस्राव र छातीसमेत खराब भई अस्पताल भर्ना भएकी थापामगर रकम अभावकै कारण उपचार र उद्धारको पर्खाइमा हुनुहुन्छ ।

दुबईको एनएमसी रोयल अस्पतालको आइसियुमा अलपत्र अवस्थामा रहेकी थापामगरको उद्धारका लागि त्यहाँ रहेका नेपालीहरूले नेपाली दूतावाससँग पटक पटक आग्रह गरे पनि सुनुवाई नभएपछि परिवारलाई प्रसाईंलाई गुहारेका ।

दुर्घटनामा घाइते भएकी थापामगरको दुबईमा कोही आफन्त पनि नभएको र उपचार पाउनका लागि बिमा पनि नभए पछि थप समस्या भइरहेको थियो । दुर्घटनापछि दुबई प्रहरीले कुनै उजुरी लिन नमान्नु र काम गर्ने कम्पनीले पनि वास्ता नगरेपछि यी चेली अस्पतालमा अलपत्र अवस्थामा हुनुहुन्थ्यो ।
दुबईमा रहनुभएका नेपालीहरू भीम मल्ल र कमल जिसी लगायतले कतैबाट सहयोग नपाएपछि आफूलाई समस्याबारे जानकारी गराएपछि उहाँको उद्दार गरीएको प्रसाईले बताउनुभयो ।
अलपत्र चेलीको अवस्थाबारे सुन्ने बित्तिकै प्रसाईं उद्धारका लागि तयार हुनुभएको हो । प्रसाईंले कुनै पनि नेपाली चेली विदेशमा यसरी अलपत्र पर्नु विडम्बना भएको बताउनुभयो । नेपाल ल्याइएकी चेली थापामगरलाई प्रसाईले झापामा रहेको आफ्नो हस्पिटलमा थप उपचार गर्ने बताउनुभएको छ ।

पछिल्लो समय समाजसेवामा अब्बल देखिनुभएका प्रसाईँले विभिन्न कारणले दुबईमा मृत्यु भई बेवारिसे बनेका नेपालीको शव नेपाल ल्याउने काम गरिरहनुभएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईले अब आफ्नो पहल दुबईका जेलमा रहेका नेपालीलाई नेपाल ल्याउनु रहेको बताउनुभयो ।