अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा

स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनु भएको छ ।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उहाँले निजी क्षेत्रलाई स्वास्थ्य बिमा दिए त्यो बिमा नै नरहने जिकिर गर्नुभयो ।

स्वास्थ्य बिमाको पहुँच सबैमा पुर्या‍उने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै महामन्त्री थापाले स्वास्थ्य बिमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको बताउनु भयो । नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सके मात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने उहाँको भनाइ थियो।