अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु


बाँके – बाँकेमा छुट्टाछुट्टै घटनामा आज दुईजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा एक एकजनाको मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको आरम्भ पुनःस्थापना सुधार केन्द्रमा बढैयाताल गाउँपालिका–८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल लैजाँदै गर्दा  बाटोमै अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उनी एक साताअघि मात्रै उक्त सुधार केन्द्रमा आएका थिए । अधिकारीको मृत्युका विषयमा अनुसन्धान अघि बढायएको उहाँले बताउनुभयो ।

त्यस्तै कोहलपुर–७ स्थित जङ्गलमा आज एक बालकको शव फेला परेको छ । कोहलपुर–१४ का अन्दाजी १६ वर्षीय बालकको शव फेला परेको प्रहरी नायव उरीक्षक घर्तीले जानकारी दिनुभयो । उनको शरीर र टाउकोमा चोट छ ।  घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको क्रममा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।