अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला जीप दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

दार्चुला जीप दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते


दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनु भयो । मृतकहरूमा ४ जना पुरुष र १ महिला रहेका प्रजिअ उपाध्यायले जानकारी दिनु भयो ।

९ जना घाइतेको घटनास्थलबाट उद्धार गरी स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो ।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

उहाँका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वरतर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो। जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो।