अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युत सर्ट भइ घरमा आगलागी हुँदा मोरङको सुन्दरहरैचामा एकजनाको जलेर मृत्यू

विद्युत सर्ट भइ घरमा आगलागी हुँदा मोरङको सुन्दरहरैचामा एकजनाको जलेर मृत्यू


विराटनगर- मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जना मजदुरको मृत्यु भएको छ ।

जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ घरमा रंगरोगन गर्ने मजदुर भएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।