अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षा हुने क्रम घट्दै,देशका केही भूभागमा हल्का वर्षाको सम्भावना

वर्षा हुने क्रम घट्दै,देशका केही भूभागमा हल्का वर्षाको सम्भावना


काठमाडौ -जल तथा मौसम विज्ञान विभागले आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।