काठमाडौं – राष्ट्रवादी स्वरोजगार व्यावसायी महासंघले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै प्रदर्शन गरेको छ।
शुक्रबार माइतीघरमा भएको प्रदर्शनमा महानगरलाई दिएको ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै दोस्रो चरणको विरोधमा उत्रिएको हो ।
‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय, अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन पाइँदैन, रोजगारीको ग्यारेन्टी गर, सडकमा काम गर्ने हाम्रो रहर होइन बाध्यता हो, संविधानमा लेखिएको मौलिक हकको कार्यान्वयन गर’ जस्ता नारा र प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
संघर्ष समितिले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
प्रतिक्रिया