अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाराको महागढीमाईमा भाउजुसँग मिलेर श्रीमतीको हत्या

बाराको महागढीमाईमा भाउजुसँग मिलेर श्रीमतीको हत्या


बारा – बाराको महागढीमाई नगरपालिका ३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको हत्या भएको छ। खातुनको बिहीबार आफ्नै घरमा हत्या भएको हो।

प्रहरीले हत्या अभियोगका उनका श्रीमान २७ वर्षीय सैमोदिन अन्सारी र उनकी भाउजु २५ वर्षीया अप्सना खातुनलाई पक्राउ गरेको छ।

हत्यामा उनीहरुको संलग्नता रहेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताउनु भयो । बिहीबार बिहान सहनाज खातुनको मृत्यु भएको प्रहरीले सूचना पाएको थियो।

घटना शंकास्पद देखिएपछि शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको थियो। मृतकको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएको थियो। प्रहरीले घटनाको अनुसन्धानका लागि सहनाजका श्रीमान सैमोदिनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा उनले आफूले हत्या गरेको स्वीकार गरेको एसपी बोगटीले बताउनु भयो । हत्यामा उनकी भाउजु अप्सनाको पनि संलग्नता खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ।

जिल्ला अदालतबाट ७ दिन म्याद लिएर उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ।