अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाबाट काठमाडौं फर्के लगत्तै अध्यक्ष ओली सम्पर्क समन्वय कमिटीको कार्यक्रमा सहभागी हुने

झापाबाट काठमाडौं फर्के लगत्तै अध्यक्ष ओली सम्पर्क समन्वय कमिटीको कार्यक्रमा सहभागी हुने


काठमाडौ- विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरिरहेका नेकपा एमालेका कार्यकर्ताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले आज विशेष प्रशिक्षण दिनुहुने भएको छ ।
झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली सिधै सम्पर्क समन्वय कमिटीको कार्यक्रममा सहभागी हुने सम्पर्क समन्वय विभागका सचिव इन्द्र भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार अध्यक्ष विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरेका एमाले कार्यकर्ताहरुलाई चुनावको तयारी कसरी गर्ने,मतदातालाई आफूतिर कसरी आकर्षित गर्ने र एमालेको नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार कसरी गर्ने लगायतका विषयमा प्रशिक्षण दिनुहुनेछ । यसैगरी परमादेशी सरकारले देशलाई कसरी बर्बादीतर्फ लगिरहेको छ भन्ने विषयमा पनि अध्यक्ष ओलीले प्रष्ट पार्नुहुनेछ । कार्यक्रममा सबै प्रदेश र ७७ वटै जिल्ला सम्पर्क समन्वय कमिटीका नेता कार्यकर्ता सहभागी हुनेछन् । कार्यक्रम दिउसो ११.३० बजे स्काइ पार्टी प्यालेस रामशाह पथमा हुने भण्डारीले जानकारी दिनुभयो ।