अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपिलवस्तुमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गर्‍यो दुई राउन्ड हवाई फायर

कपिलवस्तुमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गर्‍यो दुई राउन्ड हवाई फायर


कपिलवस्तु-लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले कपिलवस्तुमा दुई राउन्ड हवाई फायर गरेको छ। प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानीबाट लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–११ का ३४ वर्षीय सलाउदिन मुसलमान र वडा नम्बर १२ का २८ वर्षीय उमेश थारु रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार भारतबाट लागुऔषध भित्र्याएर कारोबार भइरहेको विशेष सूचनाका आधारमा ब्यूरोको शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरेको थियो।

सोही क्रममा उनीहरूले प्रहरीमाथि प्रतिकार गर्न खोजेपछि नियन्त्रणमा लिन चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गर्नुपरेको ब्यूरोले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट २८.८२० ग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा बुझाइएको ब्यूरोले जनाएको छ।