अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरा पारिवारिक र सामाजिक जीवनमा प्रेम र सद्भावको पर्व :राष्ट्रपति भण्डारी

गौरा पारिवारिक र सामाजिक जीवनमा प्रेम र सद्भावको पर्व :राष्ट्रपति भण्डारी


काठमाडौं – राष्ट्रपति विद्यादेवि भण्डारीले गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम‚विश्वापस र सद्भोवलाई प्रगाढ बनाउने बताउनुभएको छ ।
गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले विविध जातजाति¸ भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीहरू बीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएकाहरू घर फर्कने‚विवाहिता महिलाहरू माइत जाने‚गहुँ‚केराउ, गहत लगायत पाँच प्रकारका अन्नहरूको मिश्रणबाटबनेको ‘बिरुडा’ लाई प्रसादको रूपमा ग्रहण गरी देउडा‚धमारी र ढुस्को खेल्दैरमाइलो गर्ने प्रचलन रहेको राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वासस‚विभेद‚ विकृति एवं विसंगतिहरूलाई अन्त्य गरीसभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म विशेषगरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड हो । यस पर्वको अवसरमा शिव र पार्वतीअर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख‚ शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।