सुर्खेत – नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल सुर्खेत क्षेत्र-२ (क) बाट प्रदेश सभाको उम्मेदवारको लागि एकल सिफारिस भएका छन् ।
नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको दोस्रो पूर्ण बैठकबाट आज उहाँ एकल रुपमा सिफारिस भएका हुन् ।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल प्रतिनिधिसभामा जानसक्ने धेरैको आंकलन थियो। यद्यपि कँडेल प्रदेशसभामै जान चाहेकोले उहाँको विकल्पमा अन्य उम्मेदवार देखिएनन् ।
२०७४ मा कँडेल २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए।
प्रतिक्रिया