अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर बेलकामा एकैपरिवारका तीनजनाको हत्याआरोपी सार्वजनिक

उदयपुर बेलकामा एकैपरिवारका तीनजनाको हत्याआरोपी सार्वजनिक


उदयपुर – उदयपुरको बेलका नगरपालिका वडा-७ मैनामैनीको गोवाटारमा गत शुक्रबार एकै परिवारका तीनजनाको विभत्स हत्या गरेको आरोपमा पक्राउ परेका आरोपीलाई आज जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आज एक पत्रकार सम्मेलन गरी घटनामा संलग्न आरोपी बेलका ७ नै बस्ने वर्ष ४३ को नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।

मृतकको आफन्त पर्ने बस्नेतले तीनजनालाई घरयासी विवादमा खुकुरी प्रहरी गरी हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि फरार रहेको बस्नेतलाई ईलाका प्रहरी कार्यालय रामपुरले सोही नगरपालिकाको वडा-६ बरबोटेबाट घटनामा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेलका ७ गोवाटारस्थित वाबिङ खोलामा एकै परिवारका ३७ वर्षिय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षिया सरिता बस्नेत र १२ वर्षिय छोरा सुजन बस्नेतको हत्या भएको थियो ।

आरोपितले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थान बबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयलले बताउनु भयो ।

घटना बिहान साढे ११ बजे भएको भए पनि घटना एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउसो ३ बजे मात्रा घटना बारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

हत्याआरोपी बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।