अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, एक दर्जन घाइते

क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, एक दर्जन घाइते


काठमाडौ- क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ ।
पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्याउनुअघि सावधानी अपनाउनुहोस् रोयल क्यानेडियन माउन्टेड पुलिस सास्काचेवानले ट्वीट गरेका छन्।