अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपतिले आज मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने

भारतीय सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपतिले आज मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने


काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौँ आउनुभएको हो । भ्रमणमा पत्नी अर्चना पाण्डे पनि सहभागी हुनुहुन्छ ।
सोमबार भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । राष्ट्रपति भवनमा आयोजना गरिने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले जानकारी दिनुभयो ।
पाण्डे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । जंगी अड्डामा सम्मान गारत निरीक्षण र सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतीय सेनाको तर्फबाट पाण्डेले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम छ । मोटरपार्टस लगायत ननलिथल सामग्री भारतीय सेनाले नेपाली सेनालाई हस्तान्तरण गर्न लागेको छ । भ्रमण अवधिमा पाण्डेले शिवपुरी स्थित कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नेछन् ।

भारतीय सेना प्रमुख पाण्डेले ५ दिनको भ्रमण अवधिमा पोखरा र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम छ । पोखरा स्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण पछि मौसम अनुकूल भएमा पाण्डे मुक्तिनाथ भ्रमणमा जाने सैनिक प्रवक्ता सिलवालले जानकारी दिनुभयो ।