अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा मुस्ताङ चर्चा

पोखरामा मुस्ताङ चर्चा


पोखरा -मुस्ताङको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको अपेक्षित उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ।
पोखरा पर्यटन परिषद्द्वारा आइतबार पोखरामा आयोजित मुस्ताङ जिल्लाको पर्यटन प्रवद्र्धन तथा कोराला नाका विषयक अन्तक्र्रियामा वक्ताले पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि यहाँका सम्भावनालाई अझै पनि उजागर गर्न नसकिएको सहभागीले बताएका थिए।
सरोकारवाला निकाय तथा जनप्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उनीहरुले मुस्ताङदेखि पोखरा हुँदै त्रिवेणीसम्म सडक सञ्जालले जोड्दै यहाँको पर्यटन प्रवद्र्धन गर्नसके स्वदेशी एवं पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राखे।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुस्ताङलाई मुक्तिनाथ मन्दिरले मात्र चिन्ने गरिएको जनाउँदै त्यहाँका प्राकृतिक सम्पदा र संस्कृतिलाई बुझन बुझाउन जरुरी रहेको बताएका छन्।
‘मुस्ताङ जिल्लाका सबै क्षेत्र डुलेपछि मात्र थाहा हुन्छ कि प्राकृतिक सम्पदाले कति धनी रहेछ’, नेपालीले भन्नुभयो, ‘उपल्लो मुस्ताङको लोमङथाङ अझै प्रसिद्ध रहेको छ।’

मुस्ताङको कोरालादेखि नवलपुरको त्रिवेणीसम्मको सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढाउन सङ्घीय सरकारसँग समन्वय गरी अघि बढिने उनले विश्वास व्यक्त गरे। ‘गण्डकी प्रदेशकै गौरवको योजना कोराला नाकादेखि त्रिवेणीधामसम्मको सडक जति छिटो सम्पन्न भयो त्यति नै यस क्षेत्रको विकास र आर्थिक उन्नति हुन्छ’, उहाँले भन्नुभयो।

गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट उपल्लो मुस्ताङमा परापूर्वकालमा बनेका सम्पदा रहेको र ती सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न जरुरी रहेको बताउनुभयो। ‘मुस्ताङ जिल्ला प्राकृतिकरुपमा विश्व मै धनी छ तर ती सम्पदाको प्रचारप्रसार नेपाल सरकारले गर्न नसक्दा हामी पछि परेका छौँ’ उहाँले भन्नुभयो।