अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज झापा जाँदै

अध्यक्ष ओली आज झापा जाँदै


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली मोरङमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज झापा जाँदै हुनुहुन्छ ।
एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका साँसद प्रतिनिधी होमबहादुर थापाका अनुसार दिउसो २ बजे सौर्य एयरबाट भद्रपुर जाने कार्यक्रम छ । त्यसपछि सिधै गृह नगर दमकमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम रहेका छ । ‘कमल गाउँपालिकाका अगुवा कार्यकर्तासँग भेटघाट,केही पार्टी प्रवेश र अध्यक्षज्यूसँग केही व्यक्तिगत भेटघाटहरु राखिएको छ ’ थापाले भन्नुभयो ‘भोली मोरङमा आयोजना हुने कार्यक्रमका लागि आउनु भएकोले समय अभावमा अन्य औपचारिक कार्यक्रमहरु राखिएको छैन । ’
अध्यक्ष ओलीले भोली विराटनगरमा नेपाल बुद्धिजीवी परिषद प्रदेश नं १ को भेलाको उद्घाटन गर्ने र जीतीया पर्वमा सहभागिता जनाउने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।