अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट काठमाडौं क्षेत्र-३ पुण्य गौतम समानुपातिकमा सिफारिस

एमालेबाट काठमाडौं क्षेत्र-३ पुण्य गौतम समानुपातिकमा सिफारिस


काठमाडौं – नेकपा एमालेले पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ । काठमाडौंको क्षेत्र-३ बाट उहाँको सिफारिस भएको हो ।

नेता गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिनु भयो । उहाँले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिनु भएको छ।

यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गर्नु भएको थियो । उहाँले छिट्टै एमालेको केन्द्रीय कमिटीमा पनि स्थान पाउने आशा राखेका छन् ।