अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा एमाले र लोसपाबीच गठबन्धन

आगामी निर्वाचनमा एमाले र लोसपाबीच गठबन्धन


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमाले र अर्को प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल हुने भएको छ।

दुई दलबीच तालमेलका लागि अध्यक्षद्वय केपी शर्मा ओली र महन्थ ठाकुरले एक चरण वार्तासमेत गरिसकेका छन्।

आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि सिट भागबन्डासहित केही दिनमै सम्झौता तयारी भइरहेको लोसपा अध्यक्ष ठाकुरनिकट एकजना नेताले बताउनु भयो ।