अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी चुनावमा एमालेसँग तालमेल हुन्छ : राजेन्द्र महतो

आगामी चुनावमा एमालेसँग तालमेल हुन्छ : राजेन्द्र महतो


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सत्ता गठबन्धनसँग चुनावी तालमेल हुन नसकेको भन्दै एमालेसँग मिल्ने सम्भावना बढेको बताउनु भएको छ ।

नेता महतोले भन्नुभयो, ‘हामीलाई तालमेलका लागि दुवै पार्टीले भनेका हुन् । सत्ता गठबन्धनबाट पनि प्रधानमन्त्रीले लोसपालाई आग्रह गर्नुभएको थियो । तर, त्यहाँ खासै प्रगति देखिएन । पाँच दलीय गठबन्धनमा जाने अवस्था अहिलेसम्म देखिएको छैन । त्यसैले गठबन्धनमा लोसपा जाँदैन । एमालेसँग पनि अनौपचारिक रुपमा कुरा भइरहेको छ । एमालेसँग आगामी चुनावमा तालमेल हुने सम्भावना म देख्छु ।’