अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्दै जसपा

सत्ता गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्दै जसपा


काठमाडौं – पाँच दलिय सत्ता गठबन्धनले सिट बाँडफाँटमा न्याय नगर्ने देखिएसँगै जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गर्ने संकेत गरेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार सिफारिशमा दलहरु व्यस्त भइरहँदा गठबन्धनको मुख्य घटक जसपाले गठबन्धन छोड्ने अन्तिम तयारी गरेको हो । यत्तिखेर जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई सम्मानजनक व्यवहार नभएको भन्दै एमालेसँग भित्रभित्रै सहकार्य सुरु गरिरहेका खुलास भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्क बढाएका उपेन्द्रले मधेश प्रदेशका ३२ सिटमा एमाले–जसपाले १६–१६ सिट लिएर जानेगरी प्रस्ताव राख्नुभएको हो ।

मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । यादवले ३२ मा १६ सिट प्रतिनिधिसभातर्फ लिने र प्रदेशसभातर्फ पनि ५०–५० प्रतिशत सिट लिएर जान सकिने प्रस्ताव राखेको स्रोतको दाबी छ  । यादवको प्रस्ताव अध्यक्ष ओली पनि सकारात्मक देखिनुभएको बताइएको छ । अध्यक्ष यादवले हिजोमात्र कुनैपनि बेला गठबनन्धन छोडिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ ।  

आजभोलि भित्रै दुई नेताबीच छलफल हुने र निश्कर्षमा पुगिने दुवै पार्टीका दोस्रो तहका नेताहरुको दाबी छ। सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मधेश प्रदेशको ३२ सिटमा एक्लै १६ सिटमा दाबी गरेपछि यादव बिच्किनु भएको हो । उता सत्ता गठबन्धनले लोभ देखाएर पनि टिकट दिने कुनै छाँटकाँट नदेखाएसँगै लोकत्रान्तिक समाजवादी पार्टी (लोसपा) पनि ओली तिरै नजिकएको छ ।