अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूमिसम्बन्धी नीति बनाउने एमालेको निर्णय

भूमिसम्बन्धी नीति बनाउने एमालेको निर्णय


काठमाडौं – नेकपा एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ ।

विभागको आज बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरूसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीति र पार्टीको आगामी कार्यभार तथा विभागको काम, कर्तव्य र अधिकारका बारेमा निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो ।

महासचिव पोखरेलले विभागका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । विभागका उपप्रमुख भीम कार्कीको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्ययोजनाको प्रमुख कामका रूपमा भूमिसम्बन्धी नीतिपत्र तयारी र प्रकाशनलाई लिएको छ । बैठकले भूमिसम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सरकारले गठन गरेको भूमिसम्बन्धी आयोगले गरेका कामको अभिलेख तयार गरी तिनलाई जनतासम्म पुर्याउने योजना विभागले बनाएको छ । त्यसैगरी, वर्तमान गठबन्धन सरकारले भूमिसम्बन्धी गरेका कामको पनि अध्ययन गरी अभिलेख तयार गर्ने भएको छ ।

बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा पार्टीले तयार गर्ने घोषणापत्रका लागि सुझाव प्रस्तुत गर्ने निर्णय गरेको छ ।