अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनबाटै चुनाव लड्छु, अन्यत्र जान्न : अध्यक्ष प्रचण्ड

चितवनबाटै चुनाव लड्छु, अन्यत्र जान्न : अध्यक्ष प्रचण्ड


पोखरा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने घोषणा गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले शुक्रबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चितवनबाटै चुनाव लड्ने अन्यत्र नजाने बताउनु भयो । उहाँले भन्नुभयो, ‘म चितवनबाट चुनाव लड्छु। प्रचण्ड देशकै नेता हो भनेर हिजो काठमाडौं, रोल्पा, सिमरा लगायतका ठाँउबाट चुनाव लडेँ। अहिले चितवनबाट लड्छु अन्यत्र जान्न।’