काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो धक्का लागेकाे छ ।
माओवादी केन्द्रीय सदस्य एवं चितवन जिल्ला सहइञ्चार्ज यमबहादुर परियार (इन्द्रजीत) सहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेसँगै प्रचण्डलाई धक्का लागेकाे छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित कार्यक्रममा परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अञ्जन तिमल्सिना, कालिका नगर कमिटीका उपाध्यक्ष दिनेश बि.क, गिरिधारी सुवेदी,तुल बहादुर बि.क., नारायण प्रसाद अधिकारी, गोविन्द प्रसाद अधिकारी लगायत नेता एमाले प्रवेश गर्नुभएकाे हाे ।
परियार माओवादी केन्द्र चितवनको जिल्ला सह-इन्चार्जसमेत हुनुहुन्छ । जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो ।
परियारसहित अन्य नेताहरु पनि एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी हुनुहुन्थ्यो ।















प्रतिक्रिया