अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूतद्वारा विदाई भेट

एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूतद्वारा विदाई भेट


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डि बेरीले विदाई भेट गर्नुभएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज भएको विदाई भेटमा अध्यक्ष ओलीले राजदूत बेरीको सफल कार्यकालका लागि बधाई तथा धन्यवाद दिनुभयो ।

भेटमा नेपाल र अमेरिकाबीचको मित्रतापूर्ण सम्बन्ध र नेपालको विकासमा अमेरिकी सहयोगका बारेमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष ओलीले गरीबी निवारण र दिगो विकास लक्ष्य प्राप्तिका सन्दर्भमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड१९ ले केही प्रभावित गरे पनि नेपाल त्यस दिशामा अगाडि बढिरहेको वताउनुभएको थियो ।

भेटमा राजदूत बेरीले अध्यक्ष ओलीको नेतृत्वको सरकारका समयमा नेपालको समृद्धि र विकासका कामले गति लिएकोमा प्रशंसा गर्दै आफू अमेरिका फर्केपछि पनि नेपालको विकासमा अमेरिकी सहयोगका लागि सधै सकारात्मक रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भेटमा अध्यक्ष ओलीका साथमा परराष्ट्र मामिला विभागका सचिव डा. अञ्जान शाक्य, लक्की शेर्पा र राजेश  बज्राचार्य सहभागी हुनुहुन्थ्यो ।