अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आहा ! मनै लोभ्याउने रारा ताल (तस्वीरमा हेर्नुस्)

आहा ! मनै लोभ्याउने रारा ताल (तस्वीरमा हेर्नुस्)


मुगु – नेपालको सबैभन्दा ठुलो यो ताल  समुद्री सतहबाट २९९० मिटरको उचाइमा,  १६७ मिटर गहिराइ, ५ किमी लम्बाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ।

जिल्ला सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब तीन घन्टाको पैदल यात्रापछि राराताल पुगिन्छ।

प्रकृतिको अनुपम उपहारका रूपमा सिर्जित यस ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली तथा यसको वरपर पाइने कस्तुरी, रतुवाजस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुंगीहरूले समेत थप शोभा पुर्याएका छन्।

यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। रारातालमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या निकै हुने गर्छ।

तस्बिर: रासस