काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरेको छ ।
प्रदेशअनुसार सबैभन्दा धेरै मतदान केन्द्र मधेस प्रदेशमा रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् ।
आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै, बागमतीमा ४ हजार १४३, प्रदेश १ मा ४ हजार ९९, कर्णाली प्रदेशमा १ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा २ हजार १४६ र गण्डकी प्रदेशमा २ हजार ३३९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।







प्रतिक्रिया