अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा नेतृ अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश

जसपा नेतृ अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश


काठमाडौं – जसपाकी नेतृ अमृता आग्रहरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली खादा लगाएर अग्रहरिलाई स्वागत गर्नुभयाे ।

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहनुभएकी उहाँ लामो समयसम्म नोपल सदभावना पार्टीमा आबद्ध हुनुहुन्थ्याे। सद्‌भावना पार्टीमा उहाँ बद्री मण्डलको निकटस्थ रहनुभएकाे थियाे । उहाँ समानुपातिकबाट सांसद बन्नुभएकाे थियाे। जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएकाे छ ।

राजपा र संघीय समाजवादी पार्टी एकीकरणा पछि बनेको जनता समाजवादी पार्टी जसपा फुटेपछि उहाँ तटस्थ हुनुहुन्थ्यो ।