अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेर्नुहोस एमालेको समानुपातिकमा कुन क्लस्टरबाट कति जना परे ?

हेर्नुहोस एमालेको समानुपातिकमा कुन क्लस्टरबाट कति जना परे ?


काठमाडौं – नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको उम्मेदवार टुंग्याएको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले ११० जना उम्मेदवारको नाम टुंगो लगाएको उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो।
२७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ।
एमालेले टुंगो लगाएको सूचीमा ५७ जना महिला रहेको गुरुङले जानकारी दिनुभयो। आदिवासी जनजातितर्फ ३२ जना , त्यसमा १६जना महिला र १६ जना पुरुष, खस आर्यतर्फ ३४ जनामा ,१७ जना महिला र १७ जना पुरुष, थारुतर्फ ७ जना ४ महिला र ३ पुरुष, दलिततर्फ १५ जना ८ महिला र ७ पुरुष, मधेसीतर्फ १७ जना ९ महिला र ८ पुरुष, मुस्लिमतर्फ ५ जना ३ महिला र २ पुरुष गरेर महिला ५७ जना हुने गरेर ११० जना समानुपातिक तर्फको उम्मेदवारहरुको नाम तयार गरेको उहाँले जानकारी दिनुभयो।
सोमबार एमालेले निर्वाचन आयोगमा सुची बुझाउने गुरुङ को भनाइ छ । आयोगले आइतबार र सोमबार समानुपातिकको सूची बुझाउने कार्यसूची तय गरेको थियो।